सुन तोलामा सात सय रुपैयाँले बढ्यो

काठमाण्डौ  : सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । हिजो एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?