गैरआवासीय नेपाली संघ नवीकरण

 कृष्णानन्द भट्ट 

काठमाडौ: गैरआवासीय नेपाली संघ (एनआरएनए)  को दर्ता नवीकरण भएको छ। परराष्ट्र मन्त्रालयले ६ महिना ढिला गरी नवीकरणको निर्णय गरेको छ। 

प्रत्येक १० वर्षमा हुनुपर्ने नविकरण संस्था गत अक्टोवर मै हुनु पर्नेमा उच्च अदालत पाटनको फैसला पश्चात  मन्त्रालयले नवीकरण गरेको हो। यस अघि संघ भित्रको विवादकोकारण मन्त्रालयले नवीकरणमा आलटाल गर्दै आएको थियो। संस्था नवीकरण नभए कै कारण बद्री केसी अदालत पुगेको थिए। 

लामो समय पश्चात् गैर आवासीय नेपाली सम्बन्धी ऐन अनुसार संस्थाको नवीकरण भएको र मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा अधिकृत जीत बहादुर कार्कीले हस्ताक्षर संघ बैधानिक रूपमा नविकरण भएको मन्त्रालय द्वारा जारी पत्रमा उल्लेख छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?