तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति जुम्लाका सदस्य नरविर सुनार र तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले तिला गाउँपालिकालाई  पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर रावतले बताए । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको उनले जानकारी दिए ।

तिला यो पटक पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्ने जुम्लाको पहिलो पालिका बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?