सोडारीले लिए सुदूरपश्चिम मुख्यमन्त्रीको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ लिएका हुन् । उनी बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री सोडारीलाई  नेकपा (एमाले)का  १०, नेकपा (माओवादी केन्द्र) का १० , नेकपा (एकीकृत समाजवादी)  चार , नागरिक उन्मक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ। सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए ।





यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?