लघुवित्तका चुनौती र समाधानका उपाय

नेपाल राष्ट्र बैंङ्कमा दर्ता भएर आधिकारिक वित्तिय कारोबार गर्ने अधिकार प्राप्त बैंक तथा वित्तिय सस्था मध्ये लघुवित्तिय संस्था लि। राष्ट्र बैंकको  वर्गिकरणमा  (घ) वर्ग अन्र्तगत पर्ने वित्तिय संस्था हो । लघुवित्त वित्तीय संस्थाहरुको कार्यक्रम भनेको पिछडीएको समुदाय, विकट, दुर्गम तथा गाउँघरमा बसोबास गर्ने, जहाँ बैंक तथा वित्तीय पहुच कम रहेका गाऊँघरमा बसोबास गर्ने परिवारलाई लक्षित गरी सानो सानो पू“जी सम्बन्धी कारोवार गर्नेलाई जनाउँछ । प्रत्येक आर्थिक वर्षमा राष्ट्र बैंङ्कद्वारा प्रकाशित मौद्रिक नीतिमा उल्लेखित लघुवित्त सम्बन्धी व्यवस्था अनुसार महिला दिदिबहीनीहरुको सामुहिक जवानीमा कर्जा लगानी तथा ब्याज बचत को कारोवार हुने गर्दछ । 

आर्थिक रुपमा पछाडि परेमा समुदाय तथा वर्गका महिलाहरुको आर्थिक अवस्थालाई सुधार गर्न भनी उनीहरुसँगै छरिएर रहेको साना साना रकमलाई बचतको रुपमा जम्मा गरी उनीहरुलाई नै ऋणको रुपमा लगानी गरी उनीहरुकै आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले लघुवित्त वित्तीय संस्थाहरुको स्थापाना भएको हो । नेपालमा लघुवित्तहरुले झण्डै ६ दशक जति काम गरिसकेका छन् ।

सुरुआती चरणमा विभिन्न ग्रैह सरकारी सस्थाहरुले ग्रामिण क्षत्रका  गरिव तथा विपन्न वर्ग लक्षित विभिन्न कार्यक्रम गरेको थियो ।ती परियोजना मध्य वचत योजना पनि एक थियो । स्थानीय सानो लगानीलाई सुरक्षित गरि विभिन्न आयआजृनका काम गर्ने यो कार्यक्रम निकै उपयोगी थियो । यस्तै 

नीजि क्षेबाट बैंक तथा वित्तिय सस्थाको सेवा सुरु गर्न थालेपछि  राष्ट्र बैंकले  बैकहरुले  आफ्नो सेवा विस्तार गर्नुपर्ने तथा विपन्न वर्ग केन्द्रीत  कार्यक्रम गर्न निर्देशनात्मक व्यवस्था गर्यो । तर नेकपा (माओवादी) को नेतृत्वमा विद्रोहको कारण उत्पन्न असुरक्षका कारण बैक तथा वित्तिय सस्थाहरु शहर तथा सदरमुकाममा केन्द्रीत रहे ।यो जटील अवस्थामा स्थानीयको सानो ठुलो गर्जो टार्ने काम यीनै लधुवित्तले गर्दै आएका थिए । ६० को दशकमा लघुवित्तले राम्रो सेवा प्रवाह गरेको र यसले आम ग्राहकहरुको मन जित्न पनि सफल भएको थियो ।

तर पछिल्लो समय लघुवित्त समस्यामा पर्दै गएको गुनासो वढ्दै गएको छ ।वर्तमान समयमा लघुवित्तको मुनाफा घटदो छ । शेयरको मुल्यमासमेत गिरावट हँुदैछ । लघुवित्तहरुसँग स्वयम सञ्चातित हुने पर्याप्त पुँजी कम छ । ग्राहकहरु कर्जा लिन डराईरहेका छन् । अर्थात कर्जा लगानी पर्याप्त हुन सकिरहेको छैन । ग्राहकलाई मासिक बचत गर्नको लागी समेत अप्ठेरो महसुस भईरहेको छ । 

लघुवित्तमा देखिएको मुल समस्याको जड लघुवित्तको लोकप्रियता तथा नाफा देखेर लोभिएका नीजि बैकमा साहुजी हरुको प्रलोभन तथा अनुचित दवावमा  राष्ट्र बैंक परेको प्रतिफल भएको मोरङ कटहरीस्थित जीवनविकास लघुवित्तका संचालक समिति अध्यक्ष विक्रम सुवेदी वताउछन् । सुवेदीका अनुसार जथाभावी नीजि बैंकलाई लघवित्तको रुपमा  अनुमति दिनु नै समस्याको जड हो ।यसकै फलस्वरुप लघुवित्त  शहरीकृत ग्रामिण क्षत्रमा  नाफा केन्द्रीत व्यवसाय गर्न थाले ।लघुवित्तवाट १५ लाख रुपैया सम्मको ऋण उपलब्ध गराउने नीति बन्या यो समेत गलत भएको अध्यक्ष सुवेदीको बुझाई छ ।

के लघुवित्त साँच्चै समस्यामा परेकै हो ?

कुनै पनि मुलुकमा वित्तीय संस्थाहरुको नियमन गर्नका लागि एउटा नियामक निकाय तोकिएको हुन्छ । नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकायका रुपमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ४ वर्गमा विभाजन गरी ‘घ’ वर्गको इजाजत पत्र प्राप्त संस्थाको रुपमा लघुवित वित्तिय संस्था संचालनको इजाजत पत्र प्रदान गर्ने गर्दछ ।

नेपाल राष्ट्र बैंकले तोकेको शर्त तथा बन्देजको अधिनमा रहि लघुिवत्त वित्तिय संस्थाहरुको कारोबार गर्नुपर्ने हुन्छ । यसरी नियामक निकायले सुक्ष्म तरिकाले अनुगमन गरेको, तोकिएको ढाँचा तथा समयमा प्रतिवेदनहरु बुझाएको र नियामक निकायले बेला बेलामा जारी गरेको नीति तथा निर्देशन नमानेको खण्डमा वा नीति निर्देशन बमोजिमको काम कारवाही पूरा गर्न नसकेको खण्डमा नेपाल राष्ट्र बैंकले जरिवाना समेत गरेको संस्थाले आम ग्राहक वर्गलाई अन्याय गरेको हो भन्न वा अन्याय गरेको भनी प्रमाणीत गर्नै आधार भेटाउन सकिँदैन ।

बजारमा केहि मानिसहरुले भने जस्तो लघुवित्तको काम कारवाही हुन्छ वा त्यस्तो कार्य गरेको छ भनी कल्पना समेत गर्न गाह्रो हुन्छ । बरु लघुवित वित्तीय संस्थाहरुले विशेषगरी ग्रामिण भेगका महिलाहरुका आर्थिक उन्नतीको लागि भने सहयोग पुर्याएिकै हो ।

बरु आर्थिक रुपमा सम्पन्न पार्न भनी पैसा बाढ्दै गर्दा वित्तीय साक्षरता जस्तो महत्वपूर्ण शिक्षा बाढ्न भने संलग्न वित्तीय संस्थाहरु र स्वयं नेपाल राष्ट्र बैंक नै चुकेको देखिन्छ । हुनत शिक्षा नै नपुगेको वर्ग र क्षेत्रमा वित्तीय शिक्षा पुर्यााउन सहज त पक्कै नहोला फेरी वित्तिय शिक्षा बढ्न नसकेको क्षेत्र तथा समुदायमा सजिलो गरी पैसा बढ्दाको परिणाम नै अहिलेको अवस्था हो ।

यसरी हेर्दा पैसा बाढेर आर्थिक उन्नतीमा केही न्याय गरेको जस्तो देखिएता पनि उक्त प्राप्त रकमलाई कहाँ र कसरी सदुपयोग गर्ने भन्ने ज्ञान बढ्न नसक्दाको अवस्थाले सृजना गरेको अहिले संकटको अपजस नेपाल राष्ट्र बैंक र लघुवित वित्तीय संस्थाहरुले दामसाही रुपमा लिनुपर्ने हुन्छ ।

तर्सथ, आर्थिक उन्नतीको लागि केहि सहज तरिकाले घरमा रकम भित्रिए पनि उक्त रकमको सदुपयोगीतासँग सम्वनिधत ज्ञानको अभावको कारण अधिकांशले ऋण रकमलाई उपभोग्य सामग्रीहरुमा खर्च गरेको कारण अब ऋण फिर्ता गर्न नसक्ने अवस्थाको सृजना भएको हो । साथै एक भन्दा बढी वित्तीय संस्थाबाट एउटै ऋणीले ऋण लिन नपाउने नियम नियामक निकायले समयमा जारी नगरेको कारण पनि एकै व्यक्तिले उपलब्ध सबै जसो लघुवित वित्तीय संस्थाबाट ऋण उपभोग गरिरहेको देखिन्छ ।

तर्सथ, नियामक निकायको हैसियतमा समयमै उपसूक्त नीति तथा निर्देशनहरुको निर्माण तथा कार्यान्वयनमा भएको ढिलासुस्तीले आम ग्राहकवर्गमा अन्यायको महसुस हुन गएको हो ।

कसरी हुन्छ त समाधान ?

केही व्यक्ति तथा संस्थाहरुले लघुवित वित्तीय संस्थाहरु घेराउ गर्ने, नाराबाजी गर्ने तथा ऋण नर्तिने र नर्तिनको लागि खवरदारी तथा दबाव दिने जस्तो कार्य समेत आम सञ्चार माध्यममा देख्न तथा सुन्न पाइन्छ । यस्तो गरिरहँदा समेत सम्बन्धित निकायबाट केही पहल नगरेको जस्तो देखिनु चाहीँ बढी रोचक विषय हो । कुनै पनि बैंक तथा वित्तीय संस्थासँग भएको रकम उक्त बैंक तथा वित्तीय संस्थाको संचालक वा कर्मचारीको नभइ आम मानिसहरुबाट बचतको रुपमा संकलित निक्षेप हो ।

वित्तीय संस्थाहरुलाई उक्त निक्षेपलाई परिचालन गर्नका लागि आवश्यक परेका व्यक्तिहरुलाई ऋणको रुपमा कर्जा सापटी उपलब्ध गराउने गर्दछन् । कर्जा उपभोग गर्ने व्यक्तिले तोकिएको समयमा कर्जा नतिरेमा बचतकर्ताले आफ्नो बचत फिर्ता नपाउने जोखिम उच्च रहन्छ । जुन हाल सहकारी संस्थाहरुमा देखा परेको छ ।

तर्सथ, आम मानिसहरुले आफुले उपभोग गरेको ऋण रकम आफैले, आफनै घरको समस्याले, आफन्तले, साथीभाईले वा छिमेकीले उक्त संस्थामा बचतको रकम राखेको निक्षेप ऋणीको रुपमा उपभोग गरेको हो भन्ने विषयमा, प्रष्ट हुन पर्ने हुन्छ । ऋणीले ऋण फिर्ता नगरेमा बचत कर्ताले बचतको रुपमा जम्मा गरेको रकम समयमा फिर्ता पाउने सम्भावना कम हुने भएकोले ऋणीले बुझाउनुपर्ने ऋण रकम समयमा फिर्ता गर्नु ऋणीको कर्तव्य हुन आउँछ ।

बजारमा केही मानिस तथा समुहहरुले फिजायको हल्ला जस्तो ऋण मिनाहा नहुने बिषयमा नेपाल राष्ट्र बैंकको गभर्नर स्वयंले केही कार्यक्रमहरुमा प्रष्ट पारी सक्नु भएको छ । तसर्थ, व्यक्ति वा समुहहरुले हल्ला गरेकै भरमा ऋण मिनाह हुन सक्ने केही आधारहरु देखिँदैन ।

आम ग्राहकवर्गहरुले वित्तीय व्यवस्थापनको क्षेत्रमा ज्ञान बढोतरी गरी, कर्जाको सदुपयोग उपभोग्य बस्तुमा कम तर उत्पादनमुलक क्षेत्रमा बढी गर्ने बानीको विकास गर्ने तथा नियमित आम्दानीका स्रोतहरुको निर्माण गर्ने जस्ता विषयहरुमा ध्यान दिन सकेमा अहिलेको वित्तीय खराब अवस्थाबाट अलि छिटो छुटकारा पाउन सकिन्छ ।

 यस्तै अध्यक्ष सुवेदी भने वर्तमान  राष्ट् बैकको संरचनावाट लघुवित्तमा देखिएको समस्या समाधान नहुने तर्क गर्दछन् ।  लघुवित्तको उद्देश्य अनुरुपको लगानी भए नभएको अनुगमन गर्न छुट्टै निकाय आवश्यक पर्ने उनको तर्क छ ।

समस्याको जड नीजि बैंकमा भातृ संगठनको रुपमा रहेका लघुवित्तरुलाई  कारोवारमा कडाई गर्नु पर्दछ ।समस्या आएपछि समाघानको उपाय खोजी गरिनु पर्दछ ।अव सो वेला आएको लघुवित्तलाई थप धरासायी वन्नु पूर्व यसमा देखिएका समस्या समाधान गर्न सवै पक्ष लाग्नुको विकल्प छैन ।।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्