आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ । इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको हो । 

इरानले भने हवाई आक्रमण नभएर इजरायलले आफ्नो भूमिमा ड्रोन मात्र उडाएको बताएको छ ।यो दाबीपछि अष्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई इजरायलविरुद्ध सैन्य र आतंकवादी हमलाको खतरा रहेको बताउँदै छोड्न निर्देशन दिएको हो ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले भनेको छ- ‘हामी इजरायल र इजरायल नियन्त्रित प्यालेस्टाइनमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई देश छोड्न अपील गर्दछौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?