महाशिवरात्रि पर्वमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

आज महाशिवरात्रि पर्व । भगवान् शिवको पूजा–आराधना गरी देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७ मा अवस्थित क्षीरेश्वरनाथ महादेव मन्दिरमा रहेको नन्दीको पूजा गर्दै भक्तजन तस्बिरः अमरेन्द्रकुमार यादव\रासस

सप्तरीको राजविराजमा रहेका हरिनन्देश्वर महादेव मन्दिरमा महाशिवरात्रिको पावन अवसरमा शुक्रबार दर्शन गर्न आएका भक्तजनको भीड । तस्बिर: अरूणकुमार यादव\रासस

महाशिवरात्री पर्वका अवसरमा शुक्रबार पोखराको प्रसिद्ध विन्ध्याबासिनी मन्दिरमा पूजाआजा गर्दै भक्तजनहरु । तस्बिरः कृष्ण दवाडी\रासस

महाशिवरात्रिको अवसरमा धनगढीको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा दर्शन आएका भक्तजनहरु । तस्बिर : तिलकराज ओझा\रासस

महाशिवरात्रिको अवसरमा कञ्चनपुरको महेन्द्रनगरस्थित शिवधाममा शुक्रबार बिहान पुजाअर्चनाका लागि लामबद्ध श्रद्धालु भक्तजन । शिवरात्रिको दिन यहाँ दिनभर श्रद्धालुको भीड लाग्ने गरेको छ । तस्बीरः शेरबहादुर सिंह\रासस

महाशिवरात्रिका अवसरमा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न मन्दिरको दक्षिणद्वारमा लाइन बसेका भक्तजन । तस्बिरः विमलबहादुर बिष्ट\रासस

महाशिवरात्रिको अवसरमा सिद्धार्थनगर नगरपालिका– ८ मा रहेको प्रसिद्ध शिवालयमा जलार्पण गर्न बिहानैदेखि भक्तजनको घुइँचो । तस्बिर : राधेश्याम विश्वकर्मा\रासस

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, महादेव मठस्थित क्षीरेश्वरनाथ महादेव मन्दिरमा शुक्रबार गाईको दूध, बेलपत्र चढाउन र पूजा आराधना गर्न भक्तजनको भीड । तस्बिरः अमरेन्द्रकुमार यादव\रासस

 महाशिवरात्रिको अवसरमा सिद्धार्थनगर नगरपालिका– ८ मा रहेको प्रसिद्ध शिवालयमा जलार्पण गर्न बिहानैदेखि भक्तजनको घुइँचो । तस्बिर: राधेश्याम विश्वकर्मा\रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्