डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

 काठमाडौं : अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३७ पैसा कायम भएको छ । 

यसअघि हिजो बिहीबार डलरको भाउ स्थिर थियो । बुधबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ९६ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा कायम भएको थियो । आज उक्त रेकर्ड ब्रेक भएको हो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भार) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । 

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत  पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्