होलीमा प्रयोग हुने विभिन्न रङ्गको के छ महत्व ?

काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । होलीमा रंगहरुको आफ्नै महत्व हुने गर्दछ । यसका साथै ज्योतिषशास्त्रमा पनि रंगको अर्थबारे विशेष चर्चा गरिएको पाइन्छ । शास्त्रमा ९ ग्रह अनुसार रंगको महत्व रहने गरेको छ । ग्रहअनुसार कुन रंग कसको प्रतिक मानिन्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।

आपसी भाइचारा सदभाव साटासाट गरेर रंगहरुसँगै खेलीने होलीमा प्रयोग हुने रंङको आआफ्नै महत्व छ । शान्ति, सदभाव, मात्रीत्वसहितका सन्देश बोकेका रंगहरु लगाएर मनाइने पर्व विगतका दुःख भूलेर रमाउने पर्वका रुपमा समेत विकास भएको छ ।

सांस्कृतिक निरन्तरता पाइरहेको होलीको धार्मीक महत्व पनि रहेको छ । त्रेता यूगमा भगवना विष्णुका परंमभक्त हिरण्यकष्यपु पुत्र प्रल्हादलाई मार्न उनकै फूपु होलीकाको प्रयोग भएको र होलीका आफै जलेर नष्ट भएको कथासँग जोडिएको होली असत्यमाति सत्यको विषयको रुपमा पनि मनाइने धार्मीक विश्वास छ ।

१ रातो रंग

रातो रंगलाई वैदिक अवस्थाको रजोगुण मानिन्छ । रातो रंग प्रेमको प्रतिक हो । तर शास्त्रमा यो युद्ध र क्रोधको प्रतीक हो । मंगल र सूर्यको राशिगत रंग रातो हुन्छ । स्थान र परम्पराका आधारमा यो निषेधात्मक संकेतका रूपमा लिइन्छ ।

२ . कालो रंग

कालो रंगलाई तमोगुण अर्थात् अज्ञान, अन्धकारका रूपमा मानिन्छ । अज्ञान, अराजक, असफलताको संकेतका रूपमा कालो रङ प्रयोग गरीन्छ । तापक्रम र उज्यालोलाई यस रंगले शोषण गर्दछ । यो रंग भएका ग्रहहरूमा शनि, राहु, केतु पर्दछन् ।

३ . पहेँलो रंग

पहेँलो रंगलाई सात्विक आहारविहार, स्वच्छन्दताका रूपमा लिइन्छ । यो रंग पनि प्रेमभावको प्रतीकका रुपमा रहने गर्द । बृहस्पति ग्रहको रंग पहेँलो मानिन्छ । धन र मीन राशिमा पहेलो रंगको विशेष प्रभाव पर्दछ । बुध पनि पहेँलो नै मानिन्छ ।

४. नीलो रंग

नीलो रंगलाई विशालता, गाम्भीर्य, स्निग्धताको प्रतीकका रूपमा लिइन्छ । केतु र राहुले यसमा विशेष प्रभाव पार्दछन् । अकाशको रंग संग मिल्ने भएकाले यसलाई समन्वय र शान्तिको प्रतिविम्ब पनि मानिन्छ ।

५. हरियो रंग

हरियो रंग शान्तिदायक, निर्मल, सहनशील मानिन्छ । प्राकृतिक रंगका रुपमा मानिने हरियो रंग आनन्ददायक हुन्छ । अरुभन्दा शान्त, प्रमाणहीन मानिने यो रङको प्रभाव विशेष बुधग्रहमा पर्दछ । राशिगत रूपमा कन्या र मिथुन राशिमा हरियो रंगको प्रभाव रहन्छ ।

६ . सेतो रंग

सेतो रंगलाई सात्विक स्वरूपका रूपमा लिइन्छ । सत्व भनेको शान्ति, निर्मल, पवित्र, आयु, आरोग्यको संकेत हो । चन्द्रमा र शुक्रलाई सत्व स्वरूपको मानिन्छ । यसले अन्य रंगलाई निषेध गर्दछ । अन्य रंगलाई प्रतिस्थापन गर्न यो सक्षम रहन्छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्