नेपालमा विदेशी पर्यटकको मोह: १ महिनामा २८.९ % वृद्धि, कुन देशबाट कति आए ?

काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकको संख्यामा मार्च महिनामा मात्रै २८.९ प्रतिशतले बृद्धि भएको छ। सन् २०२४ को तेस्रो महिना (मार्च) मा १ लाख २८ हजार १६७ जना पर्यटक भित्रिएका छन्।

यो संखया गत वर्षको यही अवधिको तुलनामा २८.९ प्रतिशतले धेरै हो। यसअघि सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका थिए । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएको तथ्याकंमा उल्लेख छ ।

भारतबाट उक्त अवधिमा सबैभन्दा धेरै ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ। बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३, बेलायतबाट ७ हजार २४१ सय, श्रीलंकाबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५ र थाइल्यान्डबाट ४ हजार ३४५, जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो सँगै सन् २०२४ को पहिलो ३ महिनामा ३ लाख ४ हजार ६९३ जना पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षको यही अवधिको भन्दा ३३.७८ प्रतिशतले धेरै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्