काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहरमा पर्यो


काठमाडौं सहर विश्वकै वायु प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ। आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) २४४ पुगेको छ। दोस्रो प्रदूषित  सहरमा भारतको नयाँ दिल्ली र पाकिस्थानको लाहोर रहेका छन् । यी २ सहरको एक्युआई इन्डेक्स क्रमशः २१४ र १८४ रहेको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। एक्यूआई ५० सम्मलाई सामान्य मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ।

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले यसबाट सजग रहन विज्ञहरुले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्