मदनकृष्ण श्रेष्ठको आवाज रहेको ‘मुटु पोल्ने’ बोलको गीत सार्वजनिक

काठमाडौं : वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको आवाज रहेको जागरणमूलक  ‘मुटु पोल्ने ’ गीत सार्वजनिक भएको छ। गायक श्रेष्ठले विरुवामा पानी हालेर गीत सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा हाइलाइटस नेपाल युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो।

कार्यक्रमको अध्यक्षता काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स स्कुलका प्रिन्सिपल पुरुषोत्तम महर्जनले गरेका थिए। सुरेन्द्र महर्जनको शब्द रचना रहेको गीतमा शिव शाहीले संगीत भरेका छन्। 

यसैगरी, गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी राजेन्द्र डंगोलको छायांकन, सम्पादन र निर्देशन रहेको छ। भिडियो गीतको काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा छायांकन गरिएको छ।  

भिडियोमा कृष्णभक्त महार्जन, सुरेन्द्र महार्जन, परी शाक्य, शान्ता प्रजापति, अस्त महर्जन, दीपक डंगोल र अजय महर्जनले अभिनय गरेका छन् । 

सन्ध्या घिमिरेले सञ्चालन गरेको कार्यक्रमा निर्देशक डंगोल, प्रिन्सिपल महर्जन, वरिष्ठ नाट्यकर्मी तथा लाकार कृष्णभक्त महर्जन, नेपाल भाषा साहित्य तमुज्या काठमाडौंका अध्यक्ष रत्ना शेर्पा डंगोल, ब्लड डोनेसन एसोसिएसनका अध्यक्ष सानुबाबु प्रजापति र गायक श्रेष्ठले गीतसंगीतबारे मन्तव्य राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्