४३ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता, रोयल्टी कति बाहिरियो ?

कृष्णानन्द भट्ट 

काठमाडौँ। नेपालमा प्रत्यक्ष वैदेशीक लगानी प्रतिबद्धता निकै रहेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म साढे ४ प्रतिशत बढेको छ। 

उद्योग विभागको अनुसार ९ महिनामा ४३ अर्ब ७ करोड ४० लाख ८५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। सेयर पर्चेज एग्रिमेन्ट र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट९टीटीए० सहित नयाँ उद्योग गरी सोको निम्ति लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। 

सो अवधिमा ३४३ उद्योगको लागि लगानी प्रतिबद्धता आएको हो, जुन गत आवको सोही अवधिको तुलनामा ४।५१ प्रतिशत बढी छ। गत आवको चैत मसान्तसम्ममा ४१ अर्ब २१ करोड ४३ लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको थियो। 

चालु आवको चैतसम्ममा २६९ वटा उद्योगको लागि ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रीएको छ।विभागको अनुसार चैतमा मात्रै नयाँ तथा पुराना गरी कुल २२ उद्योगको लागि ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ। 

चालु आवको ९ महिनामा एसपीए, एसएसए र टीटीएका क्षेत्रमा ४१ उद्योगको लागि १२ अर्ब ९७ करोड ४५ लाख ६८ हजार रुपैयाँ बराबर लगानीको प्रतिबद्धता आएको छ। ९ महिनामा ३ ठुला, १३ मध्यम र २५३ साना उद्योगको लागि लगानीको निम्ति  प्रतिबद्धता आएको हो।  चैतमा मात्रै मध्यम खालको १ र १३ वटा साना उद्योगको निम्ति लगानी प्रतिबद्धता आएको हो।  

हालसम्म ६ हजार १२८ उद्योगका लागि कुल ४ खर्ब ८० अर्ब ६ करोड ८४ लाख ३८ हजार रुपैयाँ  बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने त्यसै मार्फत कुल ३ लाख ३२२ हजार ९३१ जनाले रोजगारी पाउने विभागले जनाएको छ। चालु आवको ९ महिनामा आएको लगानी प्रतिबद्धता मार्फत १३ हजार ८३४ जनाले रोजगारी पाउने सक्ने छन्। 

४ अर्ब ७८ करोडको प्रतिबद्धता

औसत रूपमा साढे ४ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आउने गरेको देखाउछ। चैतमा मात्रै नयाँ तथा पुरानो उद्योगका लागि कुल ८ अर्ब ५६ करोड ४ लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ। 

गत माघमा १ अर्ब १९ करोड २० लाख रुपैयाँ र पुसमा १ अर्ब ९८ करोड ९५ लाख ८९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएका थिए।

विभागको अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा नयाँ तथा पुरानो गरी ६६ उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी आएको थियो। 

यसैगरी गत भदौ महिनामा ५३ नयाँ तथा पुरानो उद्योगको लागि ५ अर्ब ८५ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो भने गत असोजमा २ अर्ब ४४ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको ४७ नयाँ तथा पुराना उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। गत कात्तिकमा मात्रै १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ, मङ्सिरमा २ अर्ब ५६ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको थियो ।


रोयल्टी र लाभांश बापत कति बाहिरिने ?

नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताले अरबौँ रकम रोयल्टी र लाभांश मार्फत लैजाने गरेका छन्। ९ महिनाका अवधिमा पनि विदेशी कम्पनीले ९ अर्ब ४ करोड ८७ लाख ५२ हजार रुपैयाँ लाभांश लगेका छन्। तर, यो गत आवको सोही अवधिको तुलनामा भने ३४।३० प्रतिशत कमी हो। गत आवको चैत मसान्तसम्ममा विदेशी कम्पनी तथा लगानीकर्ताहरूले १३ अर्ब ७७ करोड ४४ लाख १० हजार रुपैयाँ लाभांश लिएका थिए ।

यसै गारि ९ महिनामा १ अर्ब ७० करोड १९ लाख ३६ हजार रुपैयाँ रोयल्टी लगेका छन्। यो अमेरिकी डलरमा भने १ करोड ५ लाख ४३ हजार, ५५ करोड ४६ लाख १६ हजार भारतीय रुपियाँ र १३ हजार ६०० युरो रोयल्टी बाहिरिएको छ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्